
काठमाडौं — पछिल्लो २४ घण्टामा ६ हजार ७३५ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

१७ हजार ४६५ नमुना परीक्षण गर्दा ६ हजार ७३५ कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिज्ञापन



पछिल्लो २४ घण्टामा ५४७ जना निको हुँदा ३ जनाको मृत्यु भएको छ ।

हाल देशभर ३० हजार ८७७ सक्रिय संक्रमित छन् ।
आज काठमाडौंमा २ हजार ९४३ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन् ।