वेर्नर लेइपजीग फर्किने

आरबी लेइपजीगले चेल्सीलाई फरवार्ड टिमो वेर्नरलाई पुनः अनुबन्ध गर्ने भएको छ । दुई वर्षअघि अघि क्लब छाडेर वेर्नर चेल्सी पुगेका थिए । सन् २०२० मा चेल्सीले वेर्नरका लागि ४.५ करोड पाउन्ड खर्च गरेको थियो । २६ वर्षीय खेलाडीलाई लेइपजिगले २.५ करोड पाउन्डमा पुनः अनुबन्ध गर्न लागेको हो ।वेर्नर सोमबार मेडिकलका लागि लेइपजीग पुगेका थिए । चेल्सीका लागि ८९ खेलमा वेर्नरले २३ गोल गर्न सफल भएका थिए । सन् २०२१ मा उनले क्लबसँग च्याम्पियन्स लिग पनि जितेका थिए ।

सन् २०२० मा चेल्सीले वेर्नरलाई अनुबन्ध गर्दा उनलाई लिभरपुल, बायर्न म्युनिख र एथ्लेटिकोले पनि अनुबन्ध गर्ने प्रयास गरेको थियो । सन् २०१६ मा स्टुटगार्ड छाडेर लेइपजीग पुगेका वेर्नरले क्लबका लागि १५९ खेलमा ९५ गोल गरेका थिए । तर, सो फर्मलाई उनले चेल्सीमा निरन्तरता दिन सकेनन् ।

बिज्ञापन