
विराटनगर। मोरङ्गको विराटनगर महानगरपालिका–८ बालगोपाल टोलमा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर गम्भिर घाइते भएका स्थानीय ३० वर्षीय राजु मुखियाको उपचारका क्रममा कोशी अञ्चल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाइते भएका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बिज्ञापन



