
काठमाडौं : केही दिन अघि भएको एक नम्बर प्रदेशको मन्त्रीमण्डल पुर्नगठनसँगै राज्यमन्त्री बनेका एक सांसदको विषयलाई लिएर प्रदेश नम्बर एकमा हलचल पैदा भएको छ । विभिन्न विवादमा मुछिएका सांसदलाई राज्यमन्त्री बनाएको भन्दै सत्तारुढ दल नेकपाको प्रदेशका नेताहरुले आपत्ति समेत जनाएका छन् ।




एक प्रदेश सदस्यका अनुसार राहदानीमा फोटो चेन्ज (पीसी) गरी युरोपदेखि अमेरिकासम्म मानवतस्करी गरेर अकत सम्पत्ति आर्जन गरेको आरोप लागेको सांसदलाई राज्यमन्त्री बनाएको भनेर चर्को आलोचना भईरहेको छ । यो आलोचनाको चेपुवामा परेका छन् –मुख्यमन्त्री शेरधन राई ।

मुख्यमन्त्री राईको टाउको दुखाउनेगरी राज्यमन्त्रीमा नियुक्त भएका व्यक्ति हुन्– सांसद अम्बिर गुरुङ । जसलाई १ नम्बर प्रदेश सरकारले भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गरिएको छ। अम्बिर गुरुड र एलिज थापा मिलेर ५० को दशकमा सयौं नेपालीलाई पीसी गरी युरोप र अमेरिका पठाएका थिए।
कुपण्डोलको पुलसँगै गरुडसहित पूर्व एआइवी विज्ञान शर्माका भाइ दया शर्मा, राज्यमन्त्री अम्बिर गुरुङ विष्णु जोशी, दीपक मल्होत्राहरूले मितेरी रेष्टुरेन्ट खोलेका थिए ।
त्यतिबेला त्यो रेष्ट्रेन्टमा सुनदेखि डलर र मानवतस्करीको सेटिड हुने गरेको समाचार पनि पत्रपत्रिकाले लेखेको पुराना अभिलेख खोज्ने हो भने अहिले पनि फेलापार्न सकिन्छ । एलिजा थापा र गरुडले अध्यागमन कार्यालय एयरपोर्टका कर्मचारीसँग सेटिङ गरी पीसी गरी मानवतस्करी गरेका समाचार त झन् पटक पटक प्रकाशित हुने गरेका थिए।
सुनदेखि पीसीबाट मानवतस्करी गरी रातारात धनी भएका गुरुङले २०७४ को निर्वाचनमा तत्कालिन एमालेका एक प्रभावशाली नेताको दबाबमा ओखलढुंगा १ (क)बाट प्रदेश सभा सांसदको टिकट लिएका थिए ।
राजनीतिमा गुरुङ जस्ता विवादित र बदनाम पात्रलाई अहिले पनि तिनै नेकपा सचिवालय सदस्यको दबाबमा राज्यमन्त्री बनाईएको चर्चा बिराटनगरमा चलेको छ । रुम्जाटारका गुरुङ मानवतस्करीदेखि अवैध सुन कारोबारबाट नवधनाढ्य भाएका व्यक्ति हुन् ।
द नेपालटपबाट