सह चालकले चलाएको बस दुर्घटनामा, ५ घाइते ४ को अबस्था गम्भीर

 नीलकण्ठ नगरपालिका -१३ मा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको जनाएको छ ।  

नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङवेशी आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको केरौँजा गाउँमा आइपुगेपछि सडकबाट धानखेतमा खसेको थियो । 

बिज्ञापन

दुर्घटनाका उद्धारकर्मी भीम तामाङको अनुसार बस सह-चालकले चलाएका थियो । उनले भने, ‘म पनि त्यही बसमा आउँदै थिए।बाटोमा पटक पटक दुर्घटना हुन खोजेको थियो। चालकको लापरवाही देखेपछि १ किलोमिटर तलै ओर्लिएको थिए ।आफू ओर्लिएको केही बेरमा बस दुर्घटना भयो।’

घाइतेहरुको जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । घाइते हुनेहरुमा नेत्रावती गाउँपालिका- ५ का दलबहादुर तामाङ, हस्तकुमारी तामाङ लक्ष्मी गुरुङ, चेन्डे दमाई, सान्त माया गुरुङ रहेका छन् । बसमा चालक सहचालकसहित जम्मा ७ जना यात्रु भएकाले धेरै क्षति हुन नपाएको स्थानीय बताएका छन् । 

बसका चालक घाइते भएपनि उनीहरु घटनास्थलमा नदेखिएको र उपचारका लागि अस्पतालमा नआएको तामाङले बताए । 

दुर्घटनाग्रस्त बस र घाइतेहरुको जिल्ला अस्पतालमा उपचार हुँदै। अन्नपूर्ण पोष्टबाट