
काठमाडौं । काठमाडौं महानगरपालिका-६ तिनचुली बगला मार्गबाट स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोरखा चुमनुब्री गाउँपालिका-१ घर भएका २४ वर्षीय धावा घ्याल्चेन रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-६ भूकुटी चोकबाट बा.९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
बिज्ञापन



अनुसन्धानको क्रममा प्रहरीले उनको कोठाबाट थप १७ लाख ५० हजार रूपैयाँ फेला पारेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
