परिवर्तनका लागि युवा अभियानको अगुवाइमा आज पनि गौरादहमा बिशाल राँके जुलुस

झापा: झापाको गौरादहमा आज तेश्रो दिन पनि एमसीसी विरुद्द प्रदर्शन गरिएको छ। सयौंको संख्यामा उपस्थित युवाहरुले राष्ट्रघाती सम्झौता एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन्।

परिवर्तनका लागि युवा अभियानको अगुवाईमा आयोजित विरोध प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेकपा माओबादी केन्द्र आवद्द युवाहरुको सयौंको संख्यामा उपस्थित युवाहरुले गौरादह बजार देखि डिपु चोक सम्म टायर बालेर विरोध प्रदर्शन गरेका थिए।

बिज्ञापन

विरोध प्रदर्शनमा दलाल सरकार होसियार, राष्ट्रघाती एमसीसी खारेज गर, दलाल सरकार होसियार, ले ले जनता खुकुरीले दलालको घाटी छाप्काइ दे भन्दै नारा जुलुस गरेका थिए।

विरोध प्रदर्शन पश्चात आयोजित कोण सभामा एमसीसी सम्झौता विदेशीको ईसारामा ल्याइएको राष्ट्रघाती कदम भएको भन्दै वक्ताहरुले एमसीसी तत्काल खारेज नगरे नरसंहार निम्तने चेतावनी दिएका छन्।

कोण सभामा परिवर्तनका लागि युवा अभियानका संरक्षक केदार खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फ बाट क्षेत्रीय वरिस्ठ उपाध्यक्ष खेमराज तिम्सिना, नेकपा समाजबादी केन्द्र निकट विद्यार्थी संगठनका केन्द्रिय सदस्य तथा पार्टीका केन्द्रिय सचिवालय सदस्य न्युसन लामिछाने र माओबादी केन्द्रका तर्फबाट राजन खनालले मन्तब्य राखेका थिए।

कोण सभाको संचालन राप्रपा क्षेत्रीय सचिव देवेन्द्र खड्काले गरेका थिए।