इनारमा ४५ वर्षीय पुरुषको शव फेला

सिरहाको गोल बजारमा इनारमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। उक्त शव गोलबजार नगरपालिक–९ डण्डाका ४५ वर्षीय रामजतन पासवानको भएको स्थानीयवासीले बताएका छन् । पासवान हिजो बेलुकादेखि हराइरहेको र उनको चप्पल र गञ्जी इनार नजिकै फेला परेको प्रहरीले बताएको छ।

शनिबार बिहान उनको गञ्जी र चप्पल भेटिएको आधारमा इनारको पानी फालिएको थियो । यही क्रममा शव पनि देखिएको हो । प्रहरी र सेनाले इनारबाट शव निकालेको छ ।

बिज्ञापन

इनारमा अक्सिजनको मात्रा कम भएकाले आफूहरुले नसकेपछि जनकपुरबाट आएको टोलीले शव निकालेको इलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक राजु केसीले बताए । शव पोष्टमार्टमका लागि लहान पठाउने तयारी गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।