भारतमा गत २४ घण्टा भित्रमा १७ हजार भन्दा बढी कोरोना सङ्क्रमित

छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ ।

वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा १७ हजार ५० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।

बिज्ञापन