फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । यसभन्दा अगाडि मूल्य वृद्धि चर्काे विरोध हुँदा मूल्य घटाएको निगमले पुनः फेरि मूल्य वृद्धि गरेको हो ।

आज राति १२ः०० बजेदेखि लागू हुने गरी साविकको खुद्रा विक्री मूल्यको पेट्रोलमा प्रति लिटर २ रुपैयाँ , डिजेल/मट्टितेलमा प्रति लिटर ९ रुपैयाँ मूल्य वृद्धि भएको हो । त्यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर ५ रुपैयाँले मूल्य वृद्धि भएको छ ।

बिज्ञापन

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र , डिजेल÷मट्टितेलमा प्रति लिटर १७२ रुपैयाँ पुगेको छ । भने, हवाई इन्धन (आन्तरिकतर्फ) १९० रुपैयाँ पुगेको छ ।