
काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको गर्ल होस्टेलकी एक कर्मचारी मृत भेटिएकी छन्। शनिबार होस्टलमा झुन्डिएको अवस्थामा रमा रायमाझीको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अहिलेसम्म शव उठ्न सकेको छैन। उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन नमानेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले बताए। २१ वर्षीया रायमाझी काभ्रेको तेमालकी हुन्।
बिज्ञापन



