
दमक / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ।

परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। यो वर्ष एसइईमा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ।
बिज्ञापन



२०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए।
