मोदी र पुटिनबीच फोनवार्ता, के भए कुरा ?

काठमाडौं । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार फोनवार्ता भएको छ । भारतिय प्रधानमन्त्रीको कार्यलयले जानाकारी गराए अनुसार फोनवार्तामा मोदीले युक्रेनको वर्तमान अवस्था प्रति चिन्ता व्यक्त गर्दै दुई देशबीच वार्ताको मार्फत समस्याको समाधान गर्न पुटिन समक्ष अपिल गरेका छन् ।यस्तै फोनवार्तामा पुटिनको सन् २०२१ को भारत भ्रमणको क्रममा भएको सहमतिलाई कार्यानव्यन गर्ने सम्बन्धमा पनि कुरा भएको जनाइएको छ । यसै गरी दुई देशबीचको द्विपक्षीय व्यापार कृषि उत्पादन, मल तथा औषधिजन्य उत्पादनलाई प्रवद्र्धन गर्ने विषयमा पनि दुई नेताहरुबीच छलफल भएको छ ।

रुस र युक्रेनबीच युद्ध सुरु भए यतानै भारतले आफूलाई जारी युद्धमा तठस्थ बताउँदै आएको छ । यद्यपी रुस र भारतबीचको व्यपार सम्झौता तथा विगतको सम्बन्धलाई मध्यनजर गर्दा भारत रुसको पक्षमा छ भनेर जानाकारवालाहरुले टिप्पणी गर्दै आएका छन् ।

बिज्ञापन