
दमक / मकवानपुर प्रहरीले जुवा खेलिरहेका २२ जनालाई पक्राउ गरेको छ ।

बकैया गाउँपालिका वडा नम्बर ५ राजदमारस्थित मिलन थिङको घरबाट उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । पक्राउ पर्नेहरूमा मकवानपुरका १७, सिन्धुली ३ र रौतहटका २ जना गरी २२ जना छन् ।



मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा मकवानपुरको बकैया ५ राजदमारका ४६ वर्षीय मिलन थिङ (घर धनी), बकैया ४ जुरेलीका ५५ वर्षीय गेहेन्द्रबहादुर थिङ, बकैया ७ का ३८ वर्षीय रोहन लुङबा, हेटौँडा १८ का ४५ वर्षीय कमल थापा, हेटौँडा ८ कमानेको ५३ वर्षीय फडिन्द्रप्रसाद घिमिरे, हेटौँडा १६ हटियाका ४६ वर्षीय रमेश महत, हेटौँडा ४ हुप्रचौका ५२ वर्षीय कृष्ण लामा, हेटौँडा ९ लामसुरेका ३७ वर्षीय दिनेश लामा, हेटौँडा ८ कमानेका ३६ वर्षीय चित्तबहादुर पाख्रिन, हेटौँडा १८ ठुलो दमारका ३५ वर्षीय अशोक श्रेष्ठ रहेका छन् ।

यस्तै मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ पाथीभाराका ४५ वर्षीय शेरबहादुर राना, ३३ वर्षीय दीपक दोङ, बागमती ५ झुरझुरेका ४६ वर्षीय रवि चौधरी, बागमती ७ का २२ वर्षीय तामाङ र ४० वर्षीय राजकुमार फुयाल, बागमती ५ का ३० वर्षीय अणराज राउत, बागमती ६ का ४३ वर्षीय उमेश माझी, रौतहट जिल्लाको बोधिमाई नगरपालिका वडा नम्बर ८ का ३५ वर्षीय बिजय साह कलवार, गौर ९ का ५५ वर्षीय ईश्वर चौधरी, सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर २ का ३७ वर्षीय कैलाश धामी, मरिन गाउँपालिका ३ का ४९ वर्षीय बेनीबहादुर मुक्तान र कमलामाई १० का ५५ वर्षीय शेरबहादुर थापा पक्राउ परेका छन् ।