
विराटनगर । मोरङको सुन्दरहरैँचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको गछिया खोलाले बगाएर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार उनलाई खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा फेला परेका हुन्।

त्यसैगरी गए रातिदेखि अविरल वर्षासँगै सिंघिया खोलामा अनएको बाढीका कारण १७५ परिवार विस्थापित भएका छन्। बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका हुन्।
बिज्ञापन



विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका छन्। विराटनगर ८ मा २५ र विराटनगर २ मा २० परिवार विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। यस्तै कटहरी १ को टाइगरटोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका छन्।
