गौरादहमा समुदाय मै फैलियो कोरोना, स्थिति नियन्त्रणमा लिन नगरभित्रका  केहि क्षेत्र पुर्णरूपमासिल

झापा: झापाको गौरादह नगरपालिकामा समुदायका ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगर भित्रका केहि क्षेत्रलाई संवेदनशील क्षेत्रको रूपमा घोषणा गर्दै सिल गर्ने तैयारी गरिएको छ ।

गौरादह नगरपालिकाले आज आकस्मिक रुपमा बोलाएको जनप्रतिनिधि ,राजनीतिका दल तथा उद्योग वाणिज्य संगका प्रतिनिधि सहितको सर्वपक्षीय भेलाले संक्रमित समुदायमा संक्रमणको जोखिम देखिएको भन्दै आज बेलुका १२ बजेदेखि अर्को सुचना नभए सम्मका लागि वडा न . ६, ७ र ८ का पुरै भाग तथा वडा नं. ५ को स्कुलचौन बजार आसपासको क्षेत्र सिल गर्ने निर्णय गरेको हो।

बिज्ञापन

साउदीबाट आएर क्वारेन्टाइनमा रहेका ३ जना र सशस्त्र प्रहरी बल इलाममा कार्यरत रही घर आएका २ जनामा संक्रमण देखिएको हो ।
संक्रमण देखिएका वडा नं. ६, ७, र ८ लाई अर्को सूचना नभए सम्मको लागि सोमबार राति १२ बजे देखि पुर्णरूपमा सिल गरिने तथा वडा नं. ५ को स्कुलचौन बजार आसपासको क्षेत्रमा सिल गरिने निर्णय भएको वडा नं. ३ का वार्ड अध्यक्ष गजेन्द्र घिमिरेले ओमकार टाइम्सलाई बताए ।

समुदायमा कोरोना देखिए पछि स्थित चिन्ताजनक हुँदै गएको छ । अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण सेवाहरु लगायत नगरभित्रका मुख्य मुख्य बजारहरु समेत कडाइका साथ बन्द गरिने निर्णय भएको घिमिरेले बताए ।