एन्फाका नव निर्वाचित पदाधिकारीको शपथग्रहण आज

अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको आज शपथग्रहण हुने भएको छ । एन्फा कार्यालयमा आज साँझ ५ बजे शपथ  लिने कार्यतालिका छ। शपथपछि नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्नेछन्।

एन्फा नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा चयन भएका थिए ।उनका प्रतिस्पर्धी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै नेम्वाङ अध्यक्षमा चुनिएका हुन् ।

बिज्ञापन