जिसस बैतडीमा गठनबन्धनको प्यानल विजयी

जिल्ला समन्वय समिति बैतडीमा नेपाली काँग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पूरै समूह विजयी भएको छ । नेतृत्वका चयनका लागि नेपाली कांग्रेस, नेकपा )माओवादी केन्द्र) र स्वतन्त्रबीच गठबन्धन भएकामा  नेकपा (एमाले)ले भने एक्लै चुनाव लडेका थियो ।मङ्गलबार सम्पन्न निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार प्रमुखमा धामीले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले आठ मत प्राप्त गरे । उपप्रमुखमा माओवादीका दमनबहादुर कुँवर विजयी भए । कुँवरले १० मत प्राप्त गर्दा  प्रतिस्पर्धी एमालेका हेमा भट्टले आठ मत प्राप्त गरिन् । उपप्रमुखका दुई मत बदर भएको थियो । समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । तीन खुला सदस्यमा नेपाली काँग्रेसका करनसिंह कठायत र दानबहादुर विष्ट तथा माओवादीका प्रेमसिंह भाट विजयी भएका छन् । तीन महिला सदस्यमा नेपाली काँग्रेसका दुई  नेपाली तथा माओवादीका एक सदस्य विजयी भए ।  एक जना दलित सदस्यमा गठबन्धनका तर्फबाट स्वतन्त्रका हरना सार्की विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिज्ञापन