
काठमाडौं — सरकार गठनको ६ महिनामा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

देउवाले राष्ट्रको नाममा सम्बोधन तयारी गरेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
बिज्ञापन



प्रधानमन्त्री नियुक्ति भएपछि पहिलो पटक देउवाले राष्ट्रको नाममा सम्बोधन गर्न लगेका हुन् ।

तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन । सोमबार साँझै वा मंगलबारसम्म मिति र समय तय हुनेछ ।
प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन रहिआएको छ ।
गत असार २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए ।