पालिका चुनाव सकियो भनेर थकाइ मार्ने छुट छैन: लिङ्देन

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र सङ्घको चुनावमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अध्यक्ष लिङ्देनले प्रदेश र सङ्घको चुनाव सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई सचेत गराउनुभएको हो ।

पार्टी स्थापना दिवसको अवसरमा आज आइतवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पालिका तहको चुनाव सकियो भनेर थकाइ मार्ने छुट पार्टीका कुनै पनि नेता कार्यकर्तालाई नरहेको पनि स्पष्ट पार्नुभयो । पालिका चुनावमा आफ्नो पार्टी नयाँ शक्तिको रूपमा उदाएको सन्देश दिन सफल भएको दाबी गर्दै अध्यक्ष लिङदेनले अब प्रदेश र सङ्घको चुनावको परिणामलाई आफ्नो पक्षमा पार्न सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

बिज्ञापन

उहाँले भन्नुभयो, ‘प्रदेश र प्रतिनिधि सभा चुनाव हाम्रो सम्मुखमा छ । हाम्रा कुनै पनि नेता, कुनै पनि कार्यकर्ता साथीहरूलाई चुनाव सकियो भनेर थकाइ मार्ने सुविधा र छुट छैन । भोलि नै चुनाव छ भन्ने ठानेर आफ्नो मेहनत बढाउन सबै नेता, कार्यकर्ता साथीहरूलाई आह्वान गर्न चाहन्छु ।’अध्यक्ष लिङ्देनले सत्तारूढ र प्रतिपक्ष दल आबद्ध दुई छुट्टाछुट्टै गठबन्धनको चपेटाको बीचमा पनि पार्टीको तर्फबाट विजयी हुन सफल जनप्रतिनिधिहरू बधाईको पात्र भएको भन्दै उनीहरूको कार्यकालको सफलताको पनि शुभकामना व्यक्त