स्कुटर पछाडि बसेर बनस्थली घुम्न प्रधानमन्त्री ओलीलाई आयो अफर !

काठमाडौ ।   राजधानीमा कोही पनि माक्स लगाएर हिंडेको नदेखेको भन्ने प्रधानमन्त्री ओपी ओलीको दाबीप्रति ब्यंग्य गर्ने क्रम रोकिएको छैन ।

मदन भण्डारीको जन्मजयन्तीका अवसरमा केही दिनअघि आयोजित कार्यक्रममा ओलीले एक वर्षअघि आफू प्रधानमन्त्री हुँदा आधा जनसंख्याले माक्स लगाउने गरेको र एक वर्षमा सरकारले काम गरेका कारण माक्स लगाएर हिंड्नुपर्ने स्थितिको अन्त्य भएका दाबी गरेका थिए । बिहीबार संसदको विकास तथा प्रविधि समिति बैठकमा काँग्रस सांसद रंगमति शाहीले प्रधानमन्त्रीलाई राजधानीको धुलो र धुवाँ हेर्न आफ्नो स्कुटरको पछाडि बसेर सिंहदरबारबाट आफ्नो निवास बनस्थलीसम्म सँगै जाने प्रस्ताव गरिन् । ‘मेरो स्कुटीको पछाडि बसेर बनस्थलीसम्म जाऔं’, शाहीले प्रधानमन्त्रीलाई भनिन्, ‘मास्क लगाउनु पर्छ कि पर्दैन हर्नुस् ।’

बिज्ञापन

 

आफू कालो सिसा भएको एसीवाला गाडीमा सयर गर्ने गरेका कारण ओलीले सडकमा धुलो र धुवाँ नदेखेको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको छ ।