आजको मौसम : यी प्रदेशमा छ वर्षाको सम्भावना

काठमाडौँ – नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षा भएको छ ।

दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।राति पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बिज्ञापन