
१३ चैत, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको परीक्षामा नर्सिङतर्फका ४५ प्रतिशत अनुत्तीर्ण भएका छन् ।

नर्सिङतर्फको लाइसेन्स परीक्षामा एक हजार ४८३ जनाले फारम भरेका थिए। । तीमध्ये ८ जना अनुपस्थित भएका थिए ।
बिज्ञापन



परीक्षामा सहभागी भएका एक हजार ४७१ जनामध्ये ८०७ जना अर्थात ५४.८६ प्रतिशत उत्तीर्ण भएका छन् ।

सैगरी, मिडवाइफ्रीतर्फ भने ३ जना सहभागी भएकामा सबै उत्तीर्ण भएका छन् । काउन्सिलले वर्षमा ३ पटक लाइसेन्स परीक्षा लिँदै आएको छ ।
काउन्सिलले उत्तीर्ण परीक्षार्थीहरूले शैक्षिक प्रमाणपत्र, नागरिकताको सक्कलप्रति, प्रवेश पत्रमा भएको फोटोको सक्कल २ प्रति र एडमिट कार्डलिएर काउन्सिलमा सम्पर्क राख्न आग्रह गरेको छ ।