
बारा – बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा देबताल गाउँपालिका वडा नम्बर ३ छोटकी अम्वा बस्ने ४० वर्षीय राम प्रबेश महतो रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार साँझ करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि यनयमसी अस्पताल बीरगंज पठाइएको थियो ।आफ्नो घरमा जडान गरेको पानी फाल्ने मोटर बनाउने क्रममा सर्ट भई करेन्ट लागि गम्भीर घाइते भएका महतोको यनयमसी अस्पताल वीरगंजमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
बिज्ञापन



