
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)का केन्द्रीय अध्यक्ष कमल थापाले प्रतिनिधिसभाको निर्वाचनमा आफू अन्तिम पटक जित्न चाहेको बताएका छन् ।

मकवानपुरको हेटौँडामा भएको कार्यकर्ता भेटघाटमा थापाले आउँदो मंसिर ४ गते हुने निर्वाचन आफ्नो जीवनको अन्तिम निर्वाचन हुने बताए ।
बिज्ञापन



थापाले भने ‘मकवानपुरलाई प्रदेशको राजधानी बनाउन, यहाँको विकासमा महत्वपूर्ण भूमिका खेल्ने मैले मेहनत गरेको छ । अब एक अन्तिम पटक जितेर जिल्लालाई थप योगदान दिन चाहान्छु ।’ उनले सबै राष्ट्रवादीहरुले आफुलाई अन्तिम पटक जिताईदिएर देशको लागि योगदान गर्ने अवसर दिन समेत अनुरोध गरे ।

थापा मकवानपुरबाट पटक–पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार भएपनि एक पटक मात्र विजयी भएका थिए ।