बलात्कारविरूद्ध बालुवाटारमा प्रदर्शन

एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि बलात्कारीलाई कारबाहीको माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरिएको छ ।

भिडिओमा आफू १६ वर्षकी हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौँको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको बताएकी थिइन्।प्रदर्शनकारीहरूले पुँजीवादी पितृसत्ता मुर्दावाद, दोषीलाई कारबाही गर, बलात्कार मुद्दामा उजुरी गर्नेलाई हदम्याद हटाऊ, न्याय पाउन म्याद किन, बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्ने फास्ट ट्रयाक अदालतको स्थापना गरलगायत नारा लेखिएका प्लेकार्ड बोक्दै उनीहरूले प्रदर्शन गरेका थिए।

बिज्ञापन