राष्ट्रपति संस्थाले संबिधान र कानून मिच्दा गणतन्त्रप्रति नकारात्मक भावना बढ्यो : झाँक्री

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति संस्थाले मर्यादा कायम गर्न नसक्दा गणतन्त्रप्रति नकारात्मक भावना बढेको बताएकी छन् ।

१४ औं गणतन्त्र दिवसको अवसरमा  नेतृ झाँक्रीले संबिधानको संरक्षक र कानूनको परिपालक रहेको राष्ट्रपति संस्थाले संबिधान र कानूनको सिमा मिचेर कार्यकारीको रबर स्टाम्प भई संस्थाको मर्यादा कायम गर्न नसक्दा गणतन्त्रप्रति नै नकारात्मक भावना बढेको दावी गरेकी हुन् ।

बिज्ञापन

लोकतन्त्रमा ब्यवस्थाको नभइ व्यक्तिको बिकल्प खोज्नुपर्ने उनले बताएकी छन् ।