
यसअघि १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि एमालेले विरोध गर्दै विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणना बहिष्कार गरेको थियो ।

समस्या समाधानका लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएर निर्वाचन कानुनअनुसार हस्ताक्षर नभएको मतपत्र रद्द हुने बताएपछि पुन: मतगणना सुरु भएको हो ।विराटनगर १२ मा ६ हजार १४९ मत खसेको थियो । ३२ सय २४ मत गन्दा १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि विवाद भएको थियो । १३ मध्ये ८ वटा एमालेको सूर्य चिन्हमा, २ वटा काँग्रेसको रुखमा र ३ वटा जसपाको छातामा मत परेको थियो । वडामा जसपाको अग्रता छ । विराटनगरका ३, ४, ५, ६, ८, ९ र ११ नम्बर वडाको भने मतगणना भइरहेको छ ।
बिज्ञापन



