
एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटम आज सकिँदैछ।

गत शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले असार २१ गते बेलुका ५ बजेसम्मको अल्टिमेटम दिँदै त्यो बेलासम्म हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने चेतावनी समेत दिएका थिए।
बिज्ञापन



ओलीको अल्टिमेटममा माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ। यसले एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने भएको छ।

एमालेका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन्।
अब ओलीले एमालेका २३ सांसदलाई कस्तो कारबाही गर्ने हुन् हेर्न बाँकी छ।