
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२ हजार ७७१ नुमाना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिज्ञापन



शुक्रबार १९ जना निको भए । हालसम्म ९८.८ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

हाल देशभर २४३ सक्रिय संक्रमित रहेका छन् ।