सवारी दुर्घटनामा परी एकजनाको मृत्यु, १२ यात्रु घाइते

मुस्ताङको वारागुङ गाउँपालिका १ मा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने १२ यात्रु घाइते भएका छन्।

बिहीबार अपराह्न कागबेनी मोडमा दुर्घटना भएको हो। बस ना ५ ख २१४९ नम्बरको बस अनियन्त्रित भई ठक्कर दिँदा ग७ प ५७२ नम्बरको स्कुटरमा सवार ३८ वर्षीया महिलाको ज्यान गएको हो।

बिज्ञापन

विराटनगरबाट मुस्ताङको मुक्तिनाथ तीर्थयात्रामा गएको बसमा सवार ३८ मध्ये  १२ यात्रु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक सीडीओ तथा सूचना अधिकारी राचन्द्र ढकालका अनुसार मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किँदै गरेको बसले कागबेनी जाँदै गरेको स्कुटीलाई ठक्कर दिएको हो। यससँगै बस अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो। बसको ठक्करबाट स्कुटर चालक महिलाको घटनास्थलमा नै  मृत्यु भएको हो।

प्रहरी र स्थानीयको समन्वयमा दुर्घटनामा परी घाइते भएका यात्रुको उपचार मुस्ताङ जिल्ला अस्पतालमा भइरहेको छ बसका चालक ३२ वर्षीय सुदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।