
काठमाडौं : सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

दैनिक भास्करका अनुसार कोरोना भाइरसका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो ।
बिज्ञापन



तर, निमोनिया निको नहुँदा उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो ।

उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।
मंगेशकरको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो ।