
मेयरको उम्मेदवार बन्न रेणु दाहालले पदबाट राजीनामा दिने भएकी छन् ।

चितवनको भरतपुर महानगरपालिकाकी मेयर दाहालले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न शुक्रबार राजीनामा दिन लागेकी हुन् ।
बिज्ञापन



निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिने तयारी गरेको उनका प्रेस संयोजक सुरेशचन्द्र अधिकारीले जानकारी दिएका छन् ।

सत्तारुढ गठवन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भइसकेको छ ।