
सिन्धुली : हत्या,हिंसा,बलात्कार तथा आश्रममा रहेका आनीहरुलाई वेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बमजन फरार भएका छन् ।




आज शुक्रबार बिहान बम्जनलाई पक्रन नेपाल प्रहरीको टोली सिन्धुलीस्थित आश्रम पुगेपनि उनी फेला नपरोको प्रहरीले बताएको छ ।उनको खाजी कार्य जारी रहेको छ । बिहान ६ बजेदेखि प्रहरीले आश्रम र वरिपरिको जंगलमा खोजे पनि बम्जन फेला परेका छैनन् ।

उनीबिरुद्ध हिजो बिहिबार सिन्धुली जिल्ला अदालतबाट पक्राउ अनुमति पाएपछि प्रहरी उनलाई पक्राउ गर्नको लागि आश्रम गएको थियो । तर उनी बस्ने मूल घरमा ताला लागेको बताईन्छ ।
बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी र एक अनुयायीलाई बेपत्ता पारेको तथा कम्तिमा एक आनीलाई बलात्कार गरेको गम्भीर आरोप लागेको छ ।
वम्जनको आश्रमबाट आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फुलमाया रूम्बा बमजनको आश्रमबाट बेपत्ता भएका छन् ।
त्यस्तै बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुली स्थित आश्रमबाट बेपत्ता छन् । उनीहरूको अवस्था अज्ञात नै छ । यसरी तपस्वी वम्जनविरुद्ध मुद्धा परेपछि उनी आफ्ना केही अनुयायी सहित बेपत्ता बभएको बताईन्छ ।