राप्रपाप्रतिको जनलहर बढ्दै

जुम्ला, ८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीको जनलहर पछिल्लो समय केही बढेको देखिन्छ ।

विशेषत राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा बोकेर नेतृत्वमा रहेको टोली बिदाइ भएपछि पछिल्लो परिस्थिति सिर्जना हुन सकेको पार्टीका नेताहरूले बताइरहेका छन्।

बिज्ञापन

पछिल्लो समय नाम चलेका देशभरका अभियान्ताहरूसमेत राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेपछि दैनिक आमसभामा युवाहरू पार्टीमा समावेश हुने दर ह्वात्तै बढेको छ। ती सबैमध्ये चर्चित अभियान्ता हुन्, ज्ञानेन्द्र शाही।

हरेक दिनजसो नयाँ-नयाँ कार्यक्रममा मास उमाल्ने सम्बोधन गरिरहेका उनको गृह जिल्ला जुम्ला हो।

पछिल्लो दुई दिन उनले आफ्नो गृह जिल्लामा दुईवटा ठूला आमसभा सम्पन्न गरे। सिंजा र जुम्लामा उनको भाषण सुन्न सिंगो जुम्ला ओर्लिएको आमसभामा सहभागीहरूको प्रतिक्रियाबाट बुझ्न सकिन्थ्यो।