ओलीको एकलौटी निर्णयविरुद्ध नेपाल-खनाल समूहद्वारा समानान्तर कमिटी विस्तार

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकाे एकलौटी निर्णयविरुद्ध माधव नेपाल र झलनाथ खनाल समूहले समानान्तर समिति (कमिटी) विस्तार गरेको छ । अध्यक्ष ओलीले एकलौटी ढंगले नेपाल–खनाल पक्षका नेताहरुलाई पदच्युत गरेर २०७८ मंसिर २ देखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने निर्णय गरेपछि नेपाल–खनाल समूहले शनिबार समानान्तर समिति विस्तार गरेको हो ।

गठन गरिएको समितिमा सातै प्रदेशका संयोजक चयन गरिएको छ । जसअन्तर्गत प्रदेश १ को संयोजकमा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य, प्रदेश ४ मा सुरेन्द्र पाण्डे, ५ र ६ को जिम्मा युवराज ज्ञवाली र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ ।

बिज्ञापन

यसैगरी युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।