चुनावी तालमेलको विषयलाई अन्तिम रुप दिँदै सत्ता गठबन्धनका नेता

काठमाडौं — सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी  छ ।

स्थानीय तह निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिमा चुनावी तालमेलको विषयलाई अन्तिम निर्णय गर्न आज पुनः सत्ता साझेदार पाँच दलको बैठक बसेको हो ।

बिज्ञापन

मङ्गलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले महानगर र उपमहानगरमा साझा उम्मेदवार तय गर्ने र कार्यविधि बनाउने कार्यलाई अन्तिम रुप दिएका थिए ।