कर्णालीमा पौडी खेल्न गएका एक बालक मृत फेला, एक अझै बेपत्ता

अछाम- कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अछामका दुई बालकमध्ये एक मृत फेला परेका छन्।

पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का ६ वर्षीय अभिषेक जैसी मृत भेटिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

सोही ठाउँका ११ वर्षीय विराज जैसी अझै बेपत्ता छन्। उनको खोजी भइरहेको छ।उनीहरु सोमबार कर्णाली नदीमा नुहाउने भन्दै गएका थिए।