
एजेन्सी । नयाँ सिजन २०२१/२२ को इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ । आजबाट सुरु हुने लिगमा पहिलो दिन एकमात्र खेल हुनेछ । शनिबार भने ६ खेल हुनेछन् ।

आज राति १२ः४५ बजे आर्सनल र बेन्टफोर्ड एक अर्कोविरुद्ध मैदान उत्रिएने छन् र नयाँ सिजनको प्रिमियर लिग सुरु हुनेछ ।
बिज्ञापन



लिगको पहिलो खेल बेन्टफार्डको मैदानमा हुनेछ । यस खेलमा दुवै टोली सुखद् सुरुवात गर्ने दाउमा हुनेछन् । आर्सनल अघिल्लो सिजन आठौं स्थानमा सीमित बनेको थियो ।

उसले ३८ मध्ये १८ खेलमा जित निकालेको थियो । प्रिमियर लिगको उपाधि भने म्यानचेस्टर सिटीले जितेको थियो । यता, बेन्टफोर्ड भने नवप्रवेशी क्लब हो ।