आईपीएलमा गुजरात टाइटन्सकाे पाँचौं जित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले पाँचौं जित निकालेको छ ।

आइतबार राति भएको खेलमा गुजरात टाइटन्सले चेन्नेई सुपर किंग्सलाई तीन विकेटले हराउँदै पाँचौं जित निकालेको हो ।

बिज्ञापन

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नेईले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६९ रन बनायो ।

राम्रो सुरुवात गर्न नसेको चेन्नेईले सात रनमा पहिलो विकेट गुमाएको थियो भने ३२ रनमा दोस्रो विकेट खेर फालेको थियो ।

यो जितसँगै शिर्ष स्थानमा रहेको गुजरातको ६ खेलमा १० अंक भएको छ । चेन्नेईको भने यो पाँचौं हार हो । लिगको पुछारबाट दोस्रो स्थानमा रहेको चेन्नेईको मात्र दुई अंक छ ।