इङल्यान्डद्वारा पाकिस्तानमाथि ९ विकेटको प्रभावशाली जित

महिला एकदिवसीय विश्वकपमा इङल्यान्डले पाकिस्तानमाथि ९ विकेटको प्रभावशाली जित निकालेको छ। सेमिफाइनल सम्भावनालाई कायम राख्न जित्नैपर्ने खेलमा इङल्यान्डले जित निकाल्यो।

न्युजिल्यान्डस्थित क्राइस्ट चर्चमा भएको खेलमा पाकिस्तानले टस हारेर पहिलो ब्याटिङ गर्दै ४१.३ ओभरमा अलआउट हुँदै १०७ रन मात्रै बनाउन सक्यो। जवाफमा उक्त लक्ष्य इङल्यान्डले १८४ बल बाँकी हुँदा १ विकेट गुमाएर पूरा गरेको थियो।पाकिस्तानका केवल ती खेलाडीले मात्र दोहोरो रनको स्कोर बनाए।

बिज्ञापन

जसमा सिद्रा अमिनले ३२ रन बनाउँदा सिद्रा नवाजले २३ रनको योगदान दिएकी थिइन् भने थप दोहोरो स्कोरका रूपमा ओमइमा सोहलीको ११ रन रहेको थियो। इङल्यान्डका कथरिना ब्रन्ट र सोफी एक्लेस्टोनले समान ३(३ विकेट लिए।

जवाफी इनिङ शुरु गरेको इङल्यान्डका लागि डेनी वायटले ७६ रन तथा कप्तान हेथर नाइटले २४ रनको इनिङ खेल्दै टोलीको जित निश्चित गरे। यसअघि ओपनर टेमि बेमौउट भने २ रनमा नै आउट भएकी थिइन्।

अब समूहचरणको अन्तिम खेलमा इङल्यान्डले बंगलादेशको सामना गर्दै उक्त खेलमा जित निकाले इङल्यान्ड अन्तिम चारमा प्रवेश गर्नेछ। पराजित भएमा भने भारत र दक्षिण अफ्रिकाको नतिजा कुर्नुपर्ने छ। अन्तिम खेलअघि सम्म इङल्यान्ड र भारत समान ६(६ अंकका आधारमा चौथो र पाँचौँ स्थानमा रहेका छन्।