
सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घट्दै गर्दै उता चाँदी को मूल्य २५ रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि हुँदै एक हजार २०० रुपैयाँ पुगेको हो ।
बिज्ञापन



यता छापावाला सुनको मूल्य भने गत आइतबारको तुलनामा एक सय रुपैयाँले घट्दै आज प्रतितोला ९० हजार ६०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

गत आइतबार सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै घट्दै ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।