कमल गाँउपालिकामा राप्रपाले गर्यो बृहत मोटरसाइकल र्याली

झापा: प्रजातान्त्रिक राष्ट्रिय युवक संगठन कमल गाउँ समितिको आयोजनामा बृहत मोटरसाइकल र्यालीको आयोजना गरिएको छ। आसन्न स्थानिय निर्वाचनको चुनावी प्रसारप्रसार कार्यक्रमलाई निरन्तरता दिंदै राष्ट्रिय प्रजातन्त्र पार्टीको भात्री संगठन प्रजातान्त्रिक राष्ट्रिय युवक संगठनको अगुवाईमा कमल गाउँपालिकामा मोटरसाइकल र्याली आयोजना गरिएको हो।

ठाउँठाउँमा कोणसभा गर्दै अगाडी बढेको र्याल्ली कमल गापा परिक्रमा गर्ने क्रममा गौरादह बजार र डिपु चोक सम्म र्याली पुगेको थियो।

बिज्ञापन

कमल ५ स्थित शसस्त्र चोकमा रहेको राप्रपा गाउँ पार्टी कार्यालयबाट शुरु भएको र्याली केर्खाबाट क्याम्पा समयगढ – सरंगपाडा- बाँसबारी- सोल्मारी – गौरादह बजार हुँदै पुन: कमल ७ स्थित रंगपुरबाट बाह्रघरे हुँदै मंगलबारे चोकमा आएर कोण सभा गर्दै पुन: कमल ५ स्थित टुक्रे तर्फ प्रस्थान गरेर र्याल्ली स्थगन गरिएको आयोजक समितिका अध्यक्ष पदम श्रेष्ठले बताए।

उल्लेख्य संख्यामा मोटरसाइकल र अन्य चार पाङ्ग्रे सहितको र्याल्लीमा संघियता खारेज गर, दलालहरु होसियार, राजसंथा स्थापना गर, हिन्दु धर्म कायम गर, देश बेच्न पाइदैन, दलाल सरकार राजिनामा दे , लुटतन्त्र मुर्दावाद जस्ता नारावाजीहरु गरिएका थिए।

ठाउँ ठाउँमा भएका कोण सभामा प्रदेश सदस्य ब्रम्हाण्ड विक्रम अधिकारी, जिल्ला सङ्गठन बिभाग प्रमुख तथा जिल्ला सदस्य दिपक खरेल, जिल्ला प्रवक्ता सान नेपाल, क्षेत्रीय वरिष्ठ उपाध्यक्ष खेमराज तिमसिना, क्षेत्रीय सचिव देवेन्द्र खड्का, क्षेत्रीय सदस्य दिपा पाठक, गाउँ समिति अध्यक्ष युवराज खड्का, आयोजक समिति अध्यक्ष पदम श्रेष्ठ लगायतले मन्तब्य राखेको बताइएको छ।