
काठमाडाैं । आज (बिहीबार) देखि फागु पूर्णिमा अर्थात् होली पर्व सुरु भएको छ। आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्र र शुक्रबार तराईमा होली पर्व मनाइन्छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार याे वर्ष हाेलीमा माैसम सामान्य रहेको छ।

बुधबार साँझ स्थानीय वायुका कारण उपत्यका वर्षा भए पनि आज भने माैसम सफा नै रहने आँकलन गरिएकाे छ।
बिज्ञापन



हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

शुक्रबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ।