
दमक /बाघको आक्रमणबाट बाराको जितपुर–सिमरा उपमहानगरपालिका– २१ अमलेखगन्जमा ५० वर्षीय एक स्थानीयको ज्यान गएको छ ।

मंगलबार दिउँसो बाख्रा चराउन गएका ब्लोनको शव दक्षिणकाली सामुदायिक वन क्षेत्रको जंगलमा बुधबार बिहान फेला परेको हो । साँझ अबेलासम्म पनि जंगलबाट नफर्किएपछि आफन्त र स्थानीयले उनको खोजी गरिरहेका थिए । जंगलमा खोज्दै जाने क्रममा बाघले क्षतविक्षत पारेर खाँदै गरेको अवस्थामा स्थानीयले ब्लोनको शव फेला पारेको जितपुर–सिमरा– २१ वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए।
बिज्ञापन



शव फेला परेपछि तत्कालै प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी घटनास्थल पुगेका छन् ।
