
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले आज बुधबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दै छ । संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा खेल सवा ११ बजे सुरु हुनेछ ।

नेपाल पीएनजीलाई हराउँदै शृङ्खलामा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ । नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दै छ ।
बिज्ञापन



नेपालले यस अघि पीएनजीविरुद्ध खेलेको दुबै एकदिवसीय आफ्नो पक्षमा पारेको छ । शृंखलाअघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो ।

तीन खेल जित्दा एकमा हार बेहोरेको छ । लिग-२ मा नेपालले ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा छ । अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा छ ।