डेंगु, जिका र चिकनगुनिया रोगको निस्शुल्क पीसिआर परीक्षण सुरु

काठमाडौं । डेंगु, जिका र चिकनगुनिया रोगको निशुल्क पिसिआर परिक्षण सुरु भएको छ ।

यसअघि कोरोना भाईरसको पिसिआर परिक्षण निशुल्क गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु, जिका लगाएतका रोगको पिसिआर परिक्षण पनि निशुल्क गरेको हो ।

बिज्ञापन

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले लक्ष्यण देखिएकाहरुलाई परिक्षण गर्न आग्रह गरेको छन् ।

डेंगु, जिका र चिकनगुनिया रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ ।

यस्ता रोगका लक्ष्णहरुमा एक्कासी ज्वरो आउने, थकाई महशुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने तथा टाउको, मांशपेशी दुख्ने रहेका छन् ।