
दमक — झापाको दमकमा प्रतिबन्धित औषधीसहित एक युवक पक्राउ परेका छन्। आज दिउँसो करिब १२ः३० बजे दमक नगरपालिका–९ क्याम्पस मोडमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले १९ वर्षीय सागर कुमाललाई पक्राउ गरेको हो। उनी दमक–९ देउराली टोलका बासिन्दा हुन्।
प्रहरीका अनुसार कुमालले बोकेको कालो झोलाको चेकजाँच गर्दा झोलाभित्र बिक्री वितरण गर्ने उद्देश्यले लुकाएर राखिएको अवस्थामा ‘डिसे–२०’ लेखिएको ९ पत्ता (जम्मा ९० ट्याब्लेट) र ‘ट्रामाडोल’ ९ पत्ता (जम्मा ९० क्याप्सुल) फेला परेको थियो।
प्रहरीले उनलाई प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाएको छ ।

बिज्ञापन



