
कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटामा एक शनिबार राति एक महिलाको हत्या भएको छ । फुपू र भदो भाइबीच रक्सी खाएर झगडा हुँदा चन्द्रौटामा डेरा गरी बस्दै आएका दाङ सतवरियाकी ५१ वर्षीया सुशीला खडकाको लौहोरोले हानेर हत्या भएको हो । मृतकको टाउको तथा अनुहारमा गहिरो चोट लागेको छ ।

प्रहरीले कुकुरको सहायताले हत्यारा पत्ता लगाएको थियो । प्रहरीले घटनास्थलको अवस्था हेर्दा सुशीलासँगै बस्ने मृतकको भदा भाइ तारणबहादुर खडकामाथि शंका गरेको थियो । मृतकले तारणको आमा-बुबाको मृत्युपछि सानैदेखि पालन पोषण गर्दै आएकी थिइन्।



दुवै जना मादक पदार्थ सेवन गरी पटक-पटक झगडा गर्ने गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले बताए । मृतक महिलाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
