फागुन २९ सम्मकालागि  प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। फागुन २९ गते आइतबार बस्नेगरी बैठक स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले बताए।

आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको महाभियोगमा सिफारिस समिति गठन गरेको थियो।

बिज्ञापन

सभामुखले बैठक अगाडि बढाउदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नाराबाजी गरिरहेको थियो।